मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त, सोमबार नयाँ प्रधानमन्त्री चयन हुने

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त, सोमबार नयाँ प्रधानमन्त्री चयन हुने


स्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन् । उनले गत हप्ता संसद् विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उनको पक्षमा मत नरहेको भन्दै मतदान भएको थियो ।
 
शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा आफ्नो बहुमत गुमाएका हुन् । उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उनको विपक्षमा १७४ मत आएको थियो । संसदमा बहुमत गुमाएपछि उनी स्वतः पदमुक्त भएका छन् । 
 
पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उनका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उनी पदमुक्त भएको समाचार सम्प्रेषण गरेका छन् । बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ ।
 
यी विविध कारणहरु देखाएर पाकिस्तानको संसदमा यहाँका विपक्षी सांसदहरुले अविश्वासको मत दर्ता गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्रीले संसद् विघटन गरेका थिए । 
 
इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । 
 
सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि  इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ।
 
कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का सदस्यहरू उपस्थित थिएनन् । राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आइतबार दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ ।
 
उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का अध्यक्ष शेहबाज शरीफ, जो हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन्, आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ । एजेन्सी