मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाल बार एशोसिएसनमा सत्ता गठबन्धनको प्यानल नै विजयी

नेपाल बार एशोसिएसनमा सत्ता गठबन्धनको प्यानल नै विजयी


काठमाडौँ । नेपाल बार एशोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा कांग्रेस नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानल नै विजयी भएको छ । पाँच दलीय गठबन्धननिकट प्यानलको विजयसँगै सत्ता गठबन्धनले क्लिन स्वीप गरेको हो । 
 
अध्यक्षमा घिमिरे चार हजार ४७४ मत ल्याएर विजयी भएका हुन् भने उनको प्रतिस्पर्धी एमाले नेतृत्वको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले दुई हजार ९८९ मत प्राप्त गरे । 
 
उपाध्यक्षमा सुरज खत्री, सुधीर कर्ण, हर्क रावल, वीरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् । महासचिवमा अञ्जिता खनाल तीनहजार ६८२ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी केदार कोइरालाले दुई हजार ३४५ मत प्राप्त गरे । 
 
कोषाध्यक्षमा भरत रावत विजयी भए । सदस्यहरुमा विनिता नेपाली, किरणकुमारी साह, नरेशकुमार साह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौडेल, मनिका खड्का र शर्मिला थापा विजयी भए । खुला सदस्यहरुमा भरतकुमार लकाई, देवीप्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोषकुमार राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी भए ।
 
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको भए पनि मतगणना भने मङ्गलबार बिहानदेखि मात्र सुरु भएको थियो । 
 
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो ।