मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसी सेनाले बुचामा ५७ जनाको सामूहिक नरसंहार गरेको युक्रेनी अधिकारीको दाबी

रुसी सेनाले बुचामा ५७ जनाको सामूहिक नरसंहार गरेको युक्रेनी अधिकारीको दाबी


बुचा, युक्रेन । हालै रूसी सेनाबाट युक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले आइतबार एएफपीलाई बताएका छन् ।
 
बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भने, “यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ ।” शहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान रहेको छ ।
 
जमिनमुनि गाडिएका शवमध्ये करिब १० वटा लासलाई माटोले आधा पुरिएको अवस्थामा देखिएको थियो एएफपी सम्वाददाताले आफूले देखेको बताए । सामूहिक चिहानमा भेटिएकामध्ये केही लासहरू कालो जिपभएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिँ सामान्य पहिरनमा थिए । 
 
युक्रेनले रुसी सेनालाई बुचामा ‘जानीजानी नरसंहार’ गरेको आरोप लगाएको छ । युक्रेनी सेनाको शसक्त प्रतिरोधपछि रूसी सेनाले राजधानीबाट बिस्तारै पछि हट्दै गरेको समयमा किभ वरिपरि रूसले गरेको गैरसैनिक व्यक्तिको हत्याका प्रमाणहरू देखा परेका छन् ।  
 
एएफपी संवाददाताहरूले शुक्रबार बुचाको एउटा सडक छेउमा गैर–सैनिक पहिरन लगाएका कम्तीमा पनि २० वटा लास देखेको बताएका छन् । ती मृत शरीरमा एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै युक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन् । 
 
जर्मनीले आइतबार बुचामा नागरिकहरूको हत्यालाई ‘भयानक युद्ध अपराध’को रूपमा निन्दा गरेको छ र रूसविरुद्ध नयाँ प्रतिबन्धको लागि आह्वान गरेको छ । यसैबीच, बेलायतले उक्त घटनालाई युद्ध अपराधको रूपमा ‘भयावह कार्यहरू’को अनुसन्धानका लागि आह्वान गरेको छ । एजेन्सी