मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयो : राष्ट्रपति बाइडेन

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयो : राष्ट्रपति बाइडेन


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उनको भनाइ छ ।
 
विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभावसमेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दाबी गरे ।
 
शुक्रबार उनले भने, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रतिदिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभई विश्वभरि नै हानी गरेको छ ।”
 
उनले मूल्य वृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नुपर्नेमा जोड दिँदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे । “यो मूल्य वृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ,” सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन् । 
 
आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले बेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । राष्ट्रपति बाइडनले तत्काल युद्ध रोक्न र वार्तामार्फत विवाद अन्त्य गर्न पटक पटक आग्रह गर्दै आएको पनि स्मरण गराएका छन् । एजेन्सी