मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पुटिनद्वारा युक्रेनमाथि ‘गुमराह’ गरेको अमेरिका र बेलायतको दाबीको खण्डन

पुटिनद्वारा युक्रेनमाथि ‘गुमराह’ गरेको अमेरिका र बेलायतको दाबीको खण्डन


स्को । क्रेमलिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरुले युक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्बिर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ ।
 
पुटिनले फेब्रुअरी २४ देखि युक्रेनमा जारी द्वन्द्व ‘जातीय संहार’लाई उद्धृत गर्दै पश्चिमी सहयोग प्राप्त युक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग घनिष्ठ सम्बन्ध भएको आरोप लगाए । 
 
पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, “यसले न त अमेरिकी विदेश मन्त्रालय न अमेरिकी रक्षालय पेन्टागनसँग क्रेमलिनमा के भइरहेको छ भन्ने बारेमा वास्तविक जानकारी छ भन्ने देखिएको छ ।” उनले थपे, “उनीहरुले राष्ट्रपति पुटिनलाई बुझ्दैनन्, निर्णय लिने मेहेनत बुझ्दैनन् र हाम्रो कामको शैली पनि बुझ्दैनन् ।”
 
बेलायतको गुप्तचर निकाय (जिसिएचक्यू) का प्रमुख जेरेमी फ्लेमिङले बिहीबार रुसी सेनाको प्रगति र युक्रेनी प्रतिरोधको अवस्थाबारे ‘पुटिनका सल्लाहकारहरू उनलाई सत्य बताउन डराउने गरेको’ बताएका थिए । 
 
ह्वाइट हाउसले यसअघि रूसले गुप्तचर निकायले तहगत सूचनाबारे जानकारी पुटिनलाई तहगत जानकारी नदिएको र उनीहरूसँग पुटिनको सम्बन्ध बिग्रिएको दावी गरेको थियो । 
 
पुटिनले रूसी सेनाको कारबाहीबाट बहकिएको महसुस गरेको ह्वाइट हाउस संचार निर्देशक केट बेडिङफिल्डले बताएका थिए । दाबीहरूबारे स्वतन्त्ररूपमा कुनै पुष्टि गर्न अमेरिकाले नसकेको मस्कोका अधिकारीहरूले बताएका छन् । 
 
पेस्कोभले त्यस्ता दाबीहरू ‘दुःखको कुरा मात्र होइनन्’ तर यसले चिन्ता उत्पन्न गर्छ, किनभने त्यस्तो पूर्ण बुझाइले गलत निर्णयहरूतर्फ डो¥याउँछ, हतारमा निर्णयहरू गर्दा यसले धेरै खराब परिणामहरू ल्याउनसक्ने पेस्कोभको भनाइ रहेको छ । एजेन्सी