मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु, ३३ घाइते

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु, ३३ घाइते


कि । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् ।
 
युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायिभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ ।
 
स्थानीय समयअनुसार बिहान ८ः४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।
 
घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेकोसमेत अधिकारीहरूले जनाएका छन् । सिन्ह्वा/रासस