काठमाडौ- गैर आवसीय नेपाली संघ (एनआरएनए) नेतृत्व विवाद सहमति नजिक रहेपनि केही अप्ठ्यारोमा अल्झिएको छ ।
संस्थापन पक्ष र अर्को समुह विच दुई जना अध्यक्ष र अन्य पदपनि थप गरेर वांडफांड गर्ने गरी सहमति भएको वताईएको थियो । तर, एनआरएनएका प्रमुख संरक्षक शेष घलेले आज मंगलवारवाट शुरु गर्ने भनिएको सम्मेलन भने नरोक्ने अडान राखेका छन् । सम्मेलन तामझामका साथ शुरु भएको छ ।
आफु सहमतिको बाधक नभएको तर, सहमतिको भएको कुरा यसै महाधिवेशन भित्र आएर अनुमोदन गर्नु पर्ने धारणा घले पक्षले राखेका छन् ।
प्रमुख संंरक्षकलाई यो अधिकार दिईएको र कयौं एनआरएनए प्रतिनिधि काठमाडौ आईसकेकाले आजवाट डाकिएको एनआरएनए सम्मेलन वैधानिक भएको दावी गरिएको छ ।
काठमाडौ आएका एनआरएनए एनसीसीका अध्यक्ष तथा पदाधिकारीले यो अप्ठ्यारो सल्टाउने प्रयास गरिरहेका छन् । हामी एनसीसी अध्यक्ष विच कुराकानी हुदैं छ, अध्यक्ष कुमार पन्त र प्रमुख संंरक्षक घलेलाई एकै ठाउंमा राखेर वार्ता गर्ने प्रयासमा हामी छौं एक जना एनसीसी अध्यक्षले हिमालय खवरसंग भने प्रमुख संरक्षकले यही महाधिवेशनलाई औपचारिकता दिई सहमतिलाई औपचारिकता दिन आग्रह गर्नु भएको छ ।
एनआरएनए चुनाव र सम्मेलनका वारेमा कार्यसमितिनै विभाजित छ ।
प्रतिक्रिया