मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

युक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ


जेनेभा । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म युक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् ।
 
राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् ।
 
त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिकरुपमा विस्थापित भएका छन् । उनीहरु युक्रेनभित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ ।  
 
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय युएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो । 
 
युक्रेनमा छिमेकी ठूलो मुलुक रुसले गत फेब्रअरी २४ देखि आक्रमण गरेको हो । आक्रमण र वार्ता अहिले पनि जारी छ । तर वार्ताले नतिजा दिन सकेको छैन ।
 
“पछिल्लो झण्डै चार हप्ता विश्वको ध्यान युक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रुपमा लिइएको छ,” युएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भने । एजेन्सी /gettyimages