बिश्व घटना

किभमा अवस्थित आवासीय भवनमा हमला, कम्तीमा दुई जनाको मृत्यु

किभमा अवस्थित आवासीय भवनमा हमला, कम्तीमा दुई जनाको मृत्यु


कि । युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।  यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ । 
 
स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे  दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।  
 
नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ ।  भवन किभको ओबोलोनमा रहेको जनाइएको छ । 
 
रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण सुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौँ नागरिकको मृत्यु भएको छ । यसमा बालबालिकासमेत रहेका छन् । 
 
युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाखभन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् । रासस