मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रूसले रासायनिक हतियार प्रयोग गर्ने खतरा रहेको नेटो प्रमुखको भनाइ

रूसले रासायनिक हतियार प्रयोग गर्ने खतरा रहेको नेटो प्रमुखको भनाइ


ब्रसेल्स । उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रूसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । 
 
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताएका हुन् । उनले रूस–युक्रेन युद्धमा रूसले रासायनिक हतियार प्रयोग गर्नसक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रूसी स्रोतले बताएको छ ।
 
यसैबीच, स्टोलटेनबर्गले रुसले पछिल्ला दिनहरुमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने जर्मन पत्रिकासँगको अन्तवार्तामा बताएको सो पत्रिकाले आइतबार उल्लेख गरेको छ ।
 
रूसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण गर्दै आएको छ । सो आक्रमणमा करिब एक हजार ३०० युक्रेनी सैनिकको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । एजेन्सी 

शेयर गर्नुहोस:

405
Shares