मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नेपाली श्रमिक महिलालाई एनआरएनएको सम्मान

नेपाली श्रमिक महिलालाई एनआरएनएको सम्मान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिका । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) मास्याच्युसेट्स राज्य समितिले नेपाली श्रमिक महिलाहरुलाई सम्मान गरेको छ।   
  
सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ विश्वभर विविध कार्यक्रमहरु गरेर ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा, संस्थाले काठमाडौँस्थित वनस्थली वरपर रहेका महिला श्रमिकहरुलाई आर्थिक सहयोगसहित सम्मान गरेको हो। उक्त क्षेत्रका आर्थिक अवस्था कमजोर भएका दश जना श्रमिक महिलाहरुलाई, उनीहरुको श्रमको कदर स्वरुप सम्मान गर्दै जनही पाँच हजारका दरले नगद रकमसमेत प्रदान गरिएको एनआरएनए अमेरिकाको मास्याच्युसेट्स राज्य समितिका उपाध्यक्ष राजु गुरुङले जानकारी दिए ।   
  
काठमाडौँ वनस्थलीस्थित मेची महाकाली महिला समूहको सक्रिय सहयोगमा सम्पन्न कार्यक्रममा हाल नेपालमा रहहेका संस्थाका सचिव प्रचण्ड श्रेष्ठले श्रमिक महिलाहरुलाई संस्थाको तर्फबाट खादा लगाइदिएर सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरेका थिए । आफ्नो श्रमको सम्मान गर्दै आर्थिक सहयोगसमेत उपलब्ध गराइएकोमा सम्मानित महिलाहरुले निकै खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद प्रकट गरेका थिए।   
  
यस वर्ष कोरोना कहरको समस्या पूर्णरुपमा समाधान नभैसकेकाले अमेरिकामा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बृहत् कार्यक्रमहरु हुन सकेनन्।
  
यस अवसरमा मास्याच्युसेट्स, बोष्टनमा विशेष कार्यक्रम गर्ने सोच रहेको भए तापनि कोरोना कहरका कारण आयोजना गर्न नसकिएको र सानै भए पनि नेपालमा श्रमिक महिलाहरुलाई सम्मानसहित आर्थिक सहयोग गरिएको उपाध्यक्ष गुरुङले बताए ।   
  
उनले भने,  ‘बोस्टनमा विशेष कार्यक्रम गर्ने सोच त थियो । तर, कोरोनाका कहरका कारण सम्भव भएन। त्यसैले सानै भएपनि नेपाली श्रमिक महिलाहरुलाई सम्मानसहित आर्थिक सहयोग गरेका हौँ।’ 
 
उक्त सहयोग रकम संस्थाकी महिला संयोजक अन्जु भट्टराई थापाको पहल कदमीमा भएको उपाध्यक्ष गुरुङले जानकारी दिए । संस्थाले बेलाबखत आफ्नो उद्देश्यअनुसार महिला सशक्त्तीकरण र विकासका लागि सक्दो महिला केन्द्रित कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने योजना रहेको उपाध्यक्ष गुरुङको भनाइ छ।  
 
संस्थाले महिला सशक्तीकरण र महिला विकासका लागि सक्दो कार्यक्रमहरु गर्दै आइरहेको छ । र, भावी दिनहरुमा पनि गर्दै जाने उनले बताए । संस्थाको विधानअनुसार दुई वर्षे कार्यकाल (सन् २०२१-२०२३) का लागि गत वर्ष, मे महिनाको २९-३०मा भएको अधिवेशनबाट निर्वाचन नयाँ कार्यसमितिले नेपाली समुदायलाई लक्षित गरी विविध कार्यक्रमहरु गर्दै आइरहेको छ। कोरोनाको कहरका कारण केही समय यता सुस्ताएको कार्यसमिति, कोरोनाको कहरको अवस्था सुध्रिदै गएसँगै अन्तर्राष्ट्रिय नारी दिवसबाट पुन: सक्रियता देखाउन थालेको छ।
 
विगतमा झैं यस वर्ष पनि विविध कार्यक्रमहरु गरेर  ११२ औँ अन्तराष्ट्रिय नारी दिवस संसार भर मनाइयो। हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । 
 
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो । सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेसंगै यसको महत्त्व र क्षेत्र बृहत बनेको छ। 
 
११२ औँ अन्तर्र्राष्ट्रिय नारी दिवससम्म आइपुग्दा लगानीका हिसावले परिणामको मुल्याङ्कन गर्दा महिलाहरुको सशक्तीकरण र विकासमा सन्तोष गर्ने अवस्था भने छैन। कनिका छराइ लगानी र औपचारिकतामा सीमित हुँदै गएको महिला केन्द्रीकृत कार्यक्रमहरुले, सोचे जस्तो लक्ष्य भेटाउन सम्भव छैन। नारीलाई दयाको पात्र ठानी माछा मारेर खटाइ खटाइ खान दिने हैन कि, सक्षम ठानी आफैँ माछा मारेर खान र खुवाउन सक्ने गरी पर्याप्त अवसरसहित सीप सिकाउन जरुरी छ। र, नारीले पनि तदारुपताका साथ त्यसको अगुवाइका लागि सक्रियता देखाउनु अपरिहार्य छ।