मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसमा तरुण युवाको भूमिका महत्त्वपूर्ण : वरिष्ठ नेता पौडेल

कांग्रेसमा तरुण युवाको भूमिका महत्त्वपूर्ण : वरिष्ठ नेता पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए ।  
 
नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो । “युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ”, उनले भने । कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको जिकिर थियो ।
 
केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकासका निमित्त कांग्रेसले जित्नुपर्ने धारणा राखे । निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रष्ट पारे । 
 
भिमाद उत्कृष्ट, व्यास सबैभन्दा कमजोर
 
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा तनहुँका १० स्थानीय तहमध्ये भिमाद नगरपालिका धेरै अङ्क प्राप्त गरी प्रथम भएको छ । वित्तीय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा भिमादले ७२।९४ प्रतिशत अङ्क प्राप्त गरेको हो । 
 
सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको आयोगका उपसचिव राजु बस्नेतले जानकारी दिए । 
 
समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेश गरे नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो । आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो । 
 
दश स्थानीय तहमध्ये भिमाद प्रथम हुन सफल भएको छ भने सदरमुकाममा रहेको व्यास नगरपालिका सबैभन्दा कमजोर भएको छ । व्यास नगरपालिकाले ३८.७० प्रतिशत प्राप्त गरेको छ । भानु नगरपालिकाले ५८.०६, शुक्लागण्डकी नगरपालिकाले ७०.१३, घिरिङ गाउँपालिकाले ५३.०८, ऋषिङ गाउँपालिकाले ५४.४१, देवघाट गाउँपालिकाले ५७.९६, बन्दीपुर गाउँपालिकाले ५८.७५ र आँबुखैरेनी गाउँपालिकाले ६०.५६ प्रतिशत अङ्क प्राप्त गरेको आयोगले जनाएको छ । 
 
सङ्घीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्यसम्पादन मूल्याङ्कन गरिएको आयोगले जनाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आगामी आवका लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम वितरणका लागि सरकारलाई सिफारिस गर्नेछ । रासस