चितवन । नेपाली कांग्रेस चितवनको फागुन १९ गतेदखि सुरू भएको १४औँ जिल्ला अधिवेशनअन्तर्गत पदाधिकारीहरुको मतपरिणाम सोमबार बेलुकी सार्वजनिक भएको छ ।
सभापतिमा राजेश्वर खनाल दोस्रो चरणमा यसअघि सर्वसम्मत निर्वाचित भएका हुन् भने अन्य पदाधिकारीको दुई दिनपछि मत परिणाम सार्वजनिक भएको हो ।
उउपसभापति १५ उमेदवारबीच प्रतिस्पर्धा भएकोमा शालिग्राम शर्मा पौडेल ८६१ मत र राजीव न्यौपाने ८२८ मतसहित निर्वाचित भएका छन् । न्यौपाने यसअघि कांग्रेस चितवनको सचिवमा निर्वाचित भएका हुन् ।
यसैगरी, सचिव पदमा आठ जनाबीच प्रतिस्पर्धा भएकोमा सूर्य अर्याल ११७२ मत र ध्रुवराज पोखरेल ८१७ मतसहित निर्वाचित भएका छन् ।
यसैगरी, सह–सचिवका लागि १० उमेदवारबीच प्रतिस्पर्धा भएकोमा गोपाल दराई ९४८ मत र दिनेश अधिकारी ७३४ मतसहित निर्वाचित भएका छन् । कुल दुई हजार ९४५ मतदाता रहेको कांग्रेस चितवनको अधिवेशनमा दुई हजार ८०७ मत खसेको थियो । सभापति पदमा भने कुल दुई हजार ८२० मत खसेको थियो ।
प्रतिक्रिया