मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेस चितवन सभापतिमा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच भिडन्त

कांग्रेस चितवन सभापतिमा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच भिडन्त


चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि पुनः मतदान हुने भएको छ । शुक्रबार बिहान सम्पन्न पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत ल्याउन सकेपछि शनिबार दोस्रो चरणको मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
 
पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।
 
निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदान शनिबार मध्यान्ह १२ः३० बजेदेखि सुरु हुने छ ।
 
पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए भने मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा। सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए । जसमा १०१ मत बदर भएको थियो ।