मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

चारवटा ठुला एनसीसी खारेज गर्ने निर्णय बहुलठ्ठीपुर्ण भन्दै भत्र्सना

चारवटा ठुला एनसीसी खारेज गर्ने निर्णय बहुलठ्ठीपुर्ण भन्दै भत्र्सना

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडाका गैर आवासिय नेपाली संघ एनसीसीले सदश्यता शुल्क मार्च ६ तारिखसम्म नतिरेमा खारेज गर्ने एनआरएनए आईसीसीको निर्णयलाई बहुलठ्ठीपुर्ण भन्र्दै भत्र्सना गरेका छन् । 
 
ति देशका एनसीसी अध्यक्षले विहिवार संयुक्त विज्ञप्ति प्रकाशित गरी आईसीसीको निर्णयलाई चुनौती दिएका हुन् । 
 
संघको विद्यान बमोजिम निर्वाचित एनसीसीले पठाएको प्रतिनिधि डेलिगेट्स सूचीलाई मान्यता नदिने, फरक फरक एनसीसीहरु प्रति फरक फरक व्यवहार गर्ने, एनसीसीलाई दवाव दिने कामको हामीले विरोध गर्दै आएका छौ विज्ञप्तिमा भनिएको छ ती विवादस्पद कार्यलाई सच्याउनुको सट्टा उल्टै समग्र एनआरएनएको ७० प्रतिशत सदश्यलाई प्रतिनिधित्व गर्ने एनसीसीको सम्वन्धन खारेज गरीदिने धम्कीलाई हामीले अस्वाभाविक र बहुलठ्ठीपुर्ण कार्यको रुपमा भत्र्सना गर्छौ ।
 
एनआरएनए आईसीसी नेतृत्वले समान्य विवाद समाधान गर्न नसक्दा संकटमा परेको छ । पटक पटक घोषणा गरेर पनि चुनाव गर्न सकेको छैन । निर्वाचन तालिका पटक पटक परिवर्तन गरिएको छ । तर, पनि केन्द्रिय नेतृत्वले यसको जिम्मेवारी लिदैं राजिनमा दिएको छैन । 
 
 
एनआरएनए एनसीसी अमेरिका खारेज भए के हुन्छ:
एनआरएनए आईसीसीले आउने ६ तारिख सम्म शुल्क नवुझाए अमेरिका लगायत चार देशका एनसीसी खारेज गर्ने निर्णय गरेको छ । खारेज पछि अर्को निर्वाचन गर्न अर्को समिति वनाउने जनाईएको छ । 
 
तर, एनसीसी यसरी खारेज गरेमा संकट अरु वढ्ने छ । एनआरएनए एनसीसी अमेरिका अमेरिकाको कानुन अनुसार दर्ता भएको हो । यसलाई आईसीसीले मान्यता दिएको हो । तर, अहिलेसम्म समझदारी पत्रमा हस्ताक्षर भएको छैन । 
 
यो अवस्थामा आईसीसीले वनाउने समितिले एनआरएनए संस्थामा केही पनि गर्न सक्दैन । यो वेला अर्को निर्वाचन कसरी गराउने भन्ने संकट आउंछ । यो समिति वनेमासोसल मिडियामा आरोप प्रत्यारोप वाहेक केही उपलब्धि हुने छैन । 
 
निर्वाचन समिति गठन, पैसाको व्यवस्थापन, सदश्यको विवरण कसरी जुटाउने यस्ता संकट नयां समितिलाई पर्ने छ । कानुनतह एनआरएनए अमेरिका भित्र यो समिति प्रवेश गर्न सक्दैन । अर्कै संस्था र संरचना वनाउनु पर्ने हुन्छ । 
 
यो विवादलाई नजिक वाट हेरिरहेकाहरु भन्छन् आईसीसीले वनाएको समिति केही काम गर्न नसक्दा पंगु भएर सकिने छ । 
 
 
तोकिएको समयमा चुनाव होला :
आईसीसीले यस महिनाको तेस्रो साता चुनाव गर्ने दावी गरेको छ । निर्वाचन तालिका पटक पटक परिवर्तन भएकाले यो चुनाव हुनेमा अन्यौलनै छ । 
 
उक्त तालिका अनुसार चुनाव गर्न अन्तिम मतदाता सुची प्रकाशित भई सक्नु पर्ने थियो । त्यो भएको छैन । उम्मेदवारले आफ्नो मनोनयन दाखिला गर्ने समय पनि परिवर्तन गरिएको छ । 
 
कतिपय उम्मेदवार नै शुल्क वुझाएर उम्मेदवारी दिन (मनोनयन) गर्न तयार नभएकाले वाध्य भएर निर्वाचन तालिका सार्नु परेको हो । 
 
चारवटा मुख्य एनसीसी खारेज भएको अवस्थामा के आधारमा चुनाव हुन्छ यो अन्यौल छ । 
 
 
के चुनाव गर्न सकेन आईसीसी नेतृत्वले राजिनमा दिन्छ:
जानकारहरु भन्छन् पटक पटक चुनाव रद्द भईसकेको, सामान्य विवाद पनि मिलाउन नसकेको विद्यमान नेतृत्वले पहिलेनै राजिनामा दिएर अगल हुनुपर्ने थियो । 
 
वर्तमान कार्यसमितिले राजिनामा दिएर अलग हुनासाथ समस्या सल्टिएर जाने दावी गर्नेहरु पनि छन् । आईसीसी पदाधिकारी विचनै एक मत नभएको हुदां यो नेतृत्वले मिलाएर लान नसक्ने वताईएको छ । 
 
तर, राजिनामा दिने विषयमा भने आईसीसी नेतृत्व अझै छलफलमा प्रवेश गरेको छैन ।