ग्लोबल नेपाली

सदश्यता शुल्क नवुझाएका एनसीसीलाई भोलिसम्मको म्याद

सदश्यता शुल्क नवुझाएका एनसीसीलाई भोलिसम्मको म्याद


शेयर गर्नुहोस:

1.6k
Shares

  • change font
  • change font

अमेरिका- गैर आवासिय नेपाली संघ (एनआरएनए) कार्यसमिति वैठकले सदश्यता वापतको शुल्क नवुझाएका राष्ट्रिय समन्वय परिषद (एनसीसी)लाई उक्त पैसा वुझाउन मार्च तिन सम्मको समय दिएको छ । 
 
यो समय भित्र नुझाएर एनसीसी कार्यसमिति विघटन वा अन्य कुनै बैकल्पिक निर्णय लिइने निर्णय वुधवार भएको वैठकले गरेको हो । बैठक अझ टुंगिएको छैन । विहिवार पनि बैठक वस्ने वताईएको छ । 
 
अमेरिका, अष्ट्रेलिया, क्वानडा, वेलायत लगाएत ठुलो सदश्य संख्या रहेका एनसीीले यस्तो शुल्क वुझाएका छैनन् । 
 
अमेरिका एनसीसीले आफ्नै भवन किन्ने योजनामा रहेकाले त्यसका लागि सदश्यता वापतको उक्त पैसा नमाग्न अनुरोध गर्दै आएको छ । 
 
एनसीसी अहिलेको संकट समाधानमा वाधक वन्न नहुने एनआरएनए सचिव गौरी जोशीले वताए । सदश्यता वापतको शुल्क रोक्नुको कुनै औचित्य नभएको वरु केही अप्ठ्यारा छन भने वसेर छलफल गर्न सकिन्छ जोशीले भने यसले पैसा भन्दा पनि जटिलता ल्याउन सक्ने जोखिम रहेको उनले वताए । 
 
वैठकले प्रमुख संरक्षकको संयोजकत्वमा बनेको समितिलाई डेलिगेट विवाद पनि भोलि सम्म टुंग्याउन अनुरोध गरेको छ । भोलि सम्म टुंगो नलागे अर्को निर्णय हुने जनाइएको छ । 

Advertisement