मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बालुवाटारमा एमालेको अडान कायमै

बालुवाटारमा एमालेको अडान कायमै


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटवार्तामा उनीहरुबीच संसद्को जारी अवरोध खुलाउने र एमसिसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  
 
छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसदबाट एमसिसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राखेको उनले जानकारी दिए । 
 
एमालेले आफूहरुले कारबाही गरेका १४ सांसद् पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै छ महिनादेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ । 
 
लामो समयदेखि अवरुद्ध रहेको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालनका गर्नका निमित्त प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गरेको उनले जानकारी दिए । 
 
संसद्लाई प्रभावकारी बनाउन दलहरुसँगको छलफल जारी रहने उनको भनाइ छ । “संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनुभएको छ, संसद्मा अवरोध हटाउने प्रतिबद्धता उहाँहरु (एमाले)ले जनाउनुभएको छैन”, उनले भने । 
 
सरकारका प्रवक्तासमेत रहेको मन्त्री कार्कीले शुक्रबार बस्ने संसद्को बैठकमा एमसिसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु हुने र गहन सहमतिबाटै निष्कर्षमा पुर्‍याइने बताए । रासस