मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युक्रेनलाई छिट्टै सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्छौं : प्रधानमन्त्री जोन्सन

युक्रेनलाई छिट्टै सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्छौं : प्रधानमन्त्री जोन्सन


न्डन ।  ‘रूसबाट बढ्दो खतरापूर्ण व्यवहार’लाई दृष्टिगत गर्दै संयुक्त अधिराज्य (बेलायत) ले युक्रेनलाई निकट भविष्यमा सैन्य सहायताको नयाँ सहयोग (प्याकेज) प्रदान गर्ने बताएको छ ।
 
प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने घोषणा गरेका हुन् ।  
 
उनले बेलायतको संसदमा बोल्ने क्रममा भने, “म हाउस अफ कमन्समा यो घोषणा गर्दछु कि रूसबाट युक्रेनमाथि झन्–झन् खतरा सृजना भएको छ । हाम्रो युक्रेनका लागि घोषित नीतिअनुरुप नै बेलायतले चाँडै युक्रेनलाई सैन्य समर्थनको थप प्याकेज प्रदान गर्नेछ ।” 
 
प्रधानमन्त्री जोन्सनका अनुसार यस नयाँ प्याकेजमा रक्षात्मक तथा अन्य हतियारलगायतका बन्दोबस्तीका सामान सहायता समावेश हुनेछ । एएफपी

शेयर गर्नुहोस:

378
Shares