मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युक्रेनका विधायकद्वारा रूसी अधिकारीहरूमाथि दसवर्षे प्रतिबन्ध लगाउन प्रस्ताव

युक्रेनका विधायकद्वारा रूसी अधिकारीहरूमाथि दसवर्षे प्रतिबन्ध लगाउन प्रस्ताव


किभ । युक्रेनी संसद्ले बुधबार युक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषदमा युक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ ।
 
यस प्रस्तावनालाई ४५० मध्ये ३२२ जना विधायकले समर्थन गरेका छन् । “प्रस्तावनाको लक्ष्य र उद्देश्यहरू युक्रेनी राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को निर्णयको लागि आवश्यक कानुनीस्वरूप प्रदान गर्नु हो जुन व्यक्तिगत विशेष आर्थिक तथा अन्य प्रतिबन्धात्मक उपाय घोषणाका लागि मार्गप्रशस्त गर्नु हो । 
 
डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिन संलग्न व्यक्तिहरूलाई युक्रेनी हितविपरीत हुने वास्तविक सम्भावित खतराहरू सृजना गर्ने कदम रोक्नका लागि प्रस्तावनामा सुझाव दिइएको छ ।
 
प्रतिबन्ध लगाउन प्रस्तावित यस सूचीमा ३५१ जना रूसी विधायक तथा रूसी सुरक्षा परिषद्का सदस्यहरू समावेश छन् ।
 
प्रस्तावित प्रतिबन्धहरूमा आधिकारिक भ्रमण रद्द गर्ने, बैठक, वार्ता, जमिन खरिदमा प्रतिबन्ध लगाउने, सम्पत्ति रोक्का गर्नेलगायत समावेश गरिएको बताइएको छ । एएफपी

शेयर गर्नुहोस:

999
Shares