मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रूसको सुरक्षामा सम्झौता हुन सक्तैन : पुटिन

रूसको सुरक्षामा सम्झौता हुन सक्तैन : पुटिन


स्को । राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।  
 
युक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै युक्रेनसहित उसका पश्चिमा सहयागी मुलुकहरूले रुसमाथि आरोप लगाएको बेला पुटिनले भिडिओ सम्बोधनमार्फत् देशको सुरक्षा र स्वार्थविपरीत सम्झौता गर्न नसकिने बताएका छन् ।  
अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रूसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घन्टामा पुटिनको पछिल्लो प्रतिक्रिया आएको हो । 
 
पुटिनले रुस सधैँ ‘सीधा र खुलस्त संवादका लागि तयार रहेको’ बताएका छन् । सेनामा पूर्ण विश्वास रहेको कुरासमेत आफ्नो सम्बोधनमा उनले बताएका छन् । सिन्ह्वा