मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा

एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् । 
 
मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए ।  
 
उनले भने,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं । तर, सँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेर सँगै बसौँ । फरक फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन ।” 
 
हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । 
 
तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठीक र अहिले विरोध गर्दा पनि ठीक भन्ने नगर्न आग्रह गरे । एमसिसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए ।  
 
उनले भने, “यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनतामा गएर भन्दछौँ ।  सिङ्गो पार्टी एमसिसीका पक्षमा छ । ” रासस