मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

स्काउटका संस्थापकको स्मृतिमा विचार दिवस

स्काउटका संस्थापकको स्मृतिमा विचार दिवस


चितवन । स्काउटका संस्थापक विडेन पावेलको जन्मजयन्ती एवं विचार दिवस स्काउट कल्याण सेवा समाज चितवनका अध्यक्ष भुवानीप्रसाद पौडेलको अध्यक्षतामा मंगलबार ज्येष्ठ नागरिक संघ चितवनको सभाहलमा सम्पन्न भएको छ । 
 
विडेन पावेलद्वारा सन् १९०७ मा बेलायतमा स्थापना भएको स्काउटले विश्वव्यापकता पाउने क्रममा नेपालमा पनि विसं २००९ मा स्थापना भएको थियो । तत्कालीन अवस्थामा स्थापना भएको स्काउट आजको अवस्थामा आइपुग्दा समय सापेक्ष निरन्तररूपमा अघि बढिरहेको स्काउट कल्याण सेवा समाज चितवनका अध्यक्ष पौडेलले जानकारी दिए । 
 
कार्यक्रममा संस्थाका सचिव मुक्तिनाथ ढकालले संस्थाले आजसम्म गरेका विभिन्न गतिविधि र यसको उद्देश्यका बारेमा प्रष्ट पार्दै आगामी दिनमा सदस्य संख्या वृद्धि गरी अघि बढ्ने बताए । 
 
सो अवसरमा नेपाल स्काउट गाइड फेलोसिपका उपाध्यक्ष एवं स्काउट चितवनका आयुक्त तीर्थराज न्यौपाने, ज्येष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिना, स्काउटरहरु भानुभक्त अर्याल, केदारनाथ खनाल, हरिहर पौडेल, इन्दु सुवेदी, डा. राजेन्द्र रेग्मी, टेकबहादुर कार्की, रामप्रसाद पोख्रेललगायतले स्काउटका जन्मदाता विडेन पावेलप्रति श्रद्धासुमन व्यक्त गर्दै मन्तव्य व्यक्त गरेका थिए ।