मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

डेलिगेट सुचीमा पठाईका कयौं नाम अवैधानिक

डेलिगेट सुचीमा पठाईका कयौं नाम अवैधानिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाका पुर्व वोर्ड सदश्य कृष्ण लामिछानेले वर्तमान कार्यसमितिले पठाएको डेलिगेट सुचीमा संस्थाका कुनै पनि निकायमा काम नगरेका कयौं व्यक्तिहरु रहेको हुदां त्यो अवैधानिक भएको दावी गरेका छन् । 
 
एनआरएनए अमेरिकाको चुनावमा अध्यक्षका प्रत्यासी भई उपविजेता रहेका लामिछानेले यो कार्यसमितिले पठाएको सुचीमा ७१ जना यस्ता व्यक्तिको नाम भएको वताए । 
 
हामी वर्तमान तालिका अनुसार चुनाव हुनुपर्छ भन्नेमा छौ लामिछानेले हिमालयखवरसंग भने निर्वाचन समितिले यस्ता नाम राखेर मतदाता सुची निकाल्यो भने हामी प्रकृया अनुसार दावी विरोध गछौं । 
 
केही दिन अघि प्रेस विज्ञप्ति सार्वजनिक गर्दै लामिछानेले २५ प्रतिशत अन्तरगर्तको संघको विधान अनुरुप निर्वाचन मार्फत चयन हुनु पर्ने व्यवस्था विपरित वर्तमान अध्यक्ष बुद्धि सुवेदी नेतृत्वको कार्यसमितिले मनोपली रुपमा ४७ जना प्रतिनिधिको नाम केन्द्रमा पठाएर एनआरएनए अमेरिकाका सदश्यहरुको भावनालाई कुल्चिने काम गरेको वताएका थिए । 
 
एनआरएनए आईसीसी नेृतत्वका लागि निर्वाचन तालिका सार्वजनिक भएपछि विवाद उठिरहेका वेला लामिछानेले अमेरिकाका एनआरएनए कार्यसमितिले सदश्यको अधिकार हनन गरेको आरोप लगाएका हुन् । 
 
डेलिगेट सुचीमा थप गरिएको ११ जनाको नाम कसरी पर्यो भन्ने प्रश्न गर्नु नै हास्यास्पद रहेको लामिछानेले वताए । 
 
एनआरएनए अमेरिकाको पछिल्लो चुनावमा लामिछाने थोरै मतले पराजित भएका थिए । चुनाव पछि सहमती गरेर जाने वातावरण तयार गर्न वर्तमान नेतृत्व असक्षम रहेको लामिछानेले वताए । 
 
च्याप्टर सभापतिको नाम डेलिगेट सुचीमा पठाउंदा पनि यो कार्यसमितिले आफ्ना र अर्को पक्ष हेरेको आरोप लामिछानेको छ ।