मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनए संकट, मतदाता सुचीमा आपत्ति करिव २० एनसीसीले चुनाव बहिरष्कार गर्न सक्ने

एनआरएनए संकट, मतदाता सुचीमा आपत्ति करिव २० एनसीसीले चुनाव बहिरष्कार गर्न सक्ने


शेयर गर्नुहोस:

3.9k
Shares

  • change font
  • change font
  • change font

अमेरिका– गैर आवासीय नेपाली संघ (एनआरएन) निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सुचीमा परेका नाम प्रति आपत्तिका कारण अमेरिका लगायत कयौं एनसीसी औपचारिक रुपमा चुनावमा सहभागी नहुने भएका छन् । 
 
संस्थाको विधान विपरित मनोमानी ढंगले नाम थप घट गरिएको हुदां चुनाव बहिष्कार गर्नेवारेमा करिव २० एनसीसी नेतृत्व विच छलफल भईरहेको छ । 
 
यदी अहिले मनोमानी ढंगले राखिएका डेलिगेट सुचीमा संशोधन नगर्ने हो भने अमेरिकमा लगायत थुप्रै एनसीसीले यो निर्वाचनमा भाग लिदैंनन एनआरएनए एनसीसी अध्यक्ष बुद्धि सुवेदीले भने । 
 
अमेरिका सवैभन्दा बढी सदश्य रहेको एनसीसी हो । एनआरएनएका करिव १ लाख ५ हजार सदश्य भन्दा झण्डै २० हजार अमेरिकाका छन् । अमेरिका एनसीसी अध्यक्ष बुद्धि सुवेदीले अनौचपारिक रुपमा केही महिना अघि एनसीसीहरु विच छलफलको संयोजन गरिरहेका छन् । 
 
एनसीसी र पुर्व अध्यक्षहरुसंग परामर्श गरेर विद्यमान विवाद समाधान गर्न उनले सुझाव दिदैं आएका छन् । 
 
अमेरिकाको डेलिगेट सुचीमा मनोमानी रुपमा ११ जनाको नाम थप गरिएको वताईएको छ । एनआरएनए सदश्यता नम्बर समेत नराखी बैकल्पिकमा ११ जनाको नाम थपिएका प्रति अध्यक्ष सुवेदीले आपत्ति जनाएका छन् । 
 
अमेकिरामावाट एनआरएनएमा काम गरेका योगदान दिएका कतिपयको नाम डेलिगेट सुचीवाट मनोमानी रुपमा हटाईएको सुवेदीले वताए । 
 
डेलिगेट सुचीमा ६ महिना अघि निर्वाचित आईसीसी सदश्यलाई समेत बैकल्पिमा राखिएको छ । अमेरिकावाट डेलिगेटको अन्तिम सुची कसले दियो यो पनि अन्यौल छ । 
 
अमेरिकावाट थप घट गरिएका ११ जना के आधारमा राखियो यसको उत्तर नेतृत्वले माग गरेको छ । 
 
एनआरएनए निर्वाचन समितिले मार्च महिनाको तेस्रो साता चुनाव घोषणा गरेको छ । यस अनुसार मतदाता सुची सार्वजनिक गरिएको हो । 
 
एनआरएनए आईसीसी नेतृत्वले समान्य विवाद समेत सम्वोधन गर्न नसक्दा एनआरएनए संस्था संकटमा परेको छ ।
 
एनआरएनए भित्रको विवादले पटक पटक चुनाव तालिका सर्दै आएको छ  । विवाद यथावत रहेकाले यो तालिका अनुसार निर्वाचन हुन्छ भन्नेमै आशंका छ । यसलाई वर्तमान नेतृत्वका अर्को केटाकेटी निर्णयका रुपमा लिईएको छ । 
 
वर्तमान नेतृत्वले विवादका समान्य विषय आईसीसी चुनावमा मत हाल्न पाउने डेलिगेट चयनका समस्या , परराष्ट्र मन्त्रालयसंग समन्वय गर्न नसक्नु र सरकार विरुद्ध अदालतमा मुद्दा सल्टाउन नसक्दा एनआरएनए संस्था संकटमा पर्दै आएको छ । 
 
वर्तमान नेतृत्वले विवाद समाधानका लागि एक पछि अर्को समिती वनाए पनि समस्या सल्टिएको छैन । यो अवस्थामा वर्तमान कार्यसमिति रहंदा सम्म विवाद सल्टिने अवस्था छिण वन्दै गएको छ ।
 
यो चौथो पटक आएको निर्वाचन तालिकाका अनुसार चुनाव हुन सक्दैन भन्ने थुप्रै शंका छन् । 
 
पहिलो आईसीसीले विवाद समाधानका लागि गठन रहेको उच्च स्तरीय समितिले एनआरएनए एनसीसी जापानको निर्वाचन रद्द गरेको छ । यसमा नयां विवाद सृजना भएको छ । 
 
दोस्रो अमेरिका लगायत केही ठुला एनसीसीले एनआरएनएलाई वुझाउनुपर्ने शुल्क रोकेर राखेका छन् । यो शुल्क नतिर्दा सम्म यहांवाट चयन भएका डेलिगेटले वैधानिकता पाउंदैनन् । यो भएमा ठुला संख्यालाई प्रतिनिधित्व गर्ने एनसीसी चुनावी प्रकृयावाट वाहिर हुने छन् । 
 
तेस्रो अधिकांश देशका एनसीसीले डेलिगेटको सुचीलाई पुर्नसमिक्षा गर्न आवश्यक रहेको हुदां आफुहरुसगं परामर्श गरेर चुनावमा जान सुझाव दिएका थिए । यसलाई आईसीसीले वेवास्ता गरेको छ । 
 
एनसीसी एनआरएनएका मुख्य आधार स्तम्भ भएपनि जिम्मेवार पदाधिकारीले यसको अस्तित्वलाई अविकार्न सकेका छैनन् । एनसीसी नेतृत्वले यस पटक पटक गुनासो गरेपनि सुनुवाई नभएको  वताउंदै आएका छन् । यो सामान्य विषय भएपनि यसलाई सम्वोधन गर्न आईसीसी नेतृत्व असक्षम देखिएको छ । 
 
चुनावको तालिका आए सगैं केही उम्मेदवारले प्रचार प्रसार शुरु गरेपनि केहीले मौन वसेका छन् । पहिले उम्मेदवारी दिने घोषणा गरेकाहरुले प्रचार प्रसार शुरु नगर्दा विगतमा जस्तै यसपटकको चुनाव तालिकाले पहिलेकै नियती भोग्ने संभावना देखिएको हो । 
 
यस अघि अदालतले एनआरएनएको चुनावलाई नरोक्न अन्तरिम आदेश जारी गरेको थियो । यो आदेशले चुनाव गर्न वाटो खुला गरेपछि वर्तमान नेतृत्वले चुनावी तालिका सार्वजनिक गरेको थियो । तर, यो चुनावको मिती विना सुचना रद्द भयो । एक पक्ष चुनावमा सहभागी नहुने वताए पछि चुनावको समय गुज्रेको थियो । 
 
एनआरएनए थुप्रै विवादमा फसेको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालय, आईसीसीका पुर्व अध्यक्षहरु, एनसीसीसंग समन्वय गरेर नजांदा सम्म विवादको निकास छैन । अहिलेकै अवस्थामा चुनाव हुदां एनआरनए भित्र अझै भद्रगोल अवस्था आउने देखिएको छ । 

शेयर गर्नुहोस:

3.9k
Shares