मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए संकट, विवाद नसल्टाई फेरी अर्को निर्वाचन तालिका

एनआरएनए संकट, विवाद नसल्टाई फेरी अर्को निर्वाचन तालिका

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद नसल्टाई फेरी अन्तराष्ट्रिय समन्वय परिषद(आईसीसी)को मार्च २१ र २२ मा चुनाव गर्ने गरी नयां निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । 
 
एनआरएनए भित्रको विवादले पटक पटक चुनाव तालिका सर्दै आएको छ  । विवाद यथावत रहेकाले यो तालिका अनुसार निर्वाचन हुन्छ भन्नेमै आशंका छ । यसलाई वर्तमान नेतृत्वका अर्को केटाकेटी निर्णयका रुपमा लिईएको छ । 
 
वर्तमान नेतृत्वले विवादका समान्य विषय आईसीसी चुनावमा मत हाल्न पाउने डेलिगेट चयनका समस्या , परराष्ट्र मन्त्रालयसंग समन्वय गर्न नसक्नु र सरकार विरुद्ध अदालतमा मुद्दा सल्टाउन नसक्दा एनआरएनए संस्था संकटमा पर्दै आएको छ । 
 
वर्तमान नेतृत्वले विवाद समाधानका लागि एक पछि अर्को समिती वनाए पनि समस्या सल्टिएको छैन । यो अवस्थामा वर्तमान कार्यसमिति रहंदा सम्म विवाद सल्टिने अवस्था छिण वन्दै गएको छ ।
 
यो चौथो पटक आएको निर्वाचन तालिकाका अनुसार चुनाव हुन सक्दैन भन्ने थुप्रै शंका छन् । 
 
पहिलो आईसीसीले विवाद समाधानका लागि गठन रहेको उच्च स्तरीय समितिले एनआरएनए एनसीसी जापानको निर्वाचन रद्द गरेको छ । यसमा नयां विवाद सृजना भएको छ । 
 
दोस्रो अमेरिका लगायत केही ठुला एनसीसीले एनआरएनएलाई वुझाउनुपर्ने शुल्क रोकेर राखेका छन् । यो शुल्क नतिर्दा सम्म यहांवाट चयन भएका डेलिगेटले वैधानिकता पाउंदैनन् । यो भएमा ठुला संख्यालाई प्रतिनिधित्व गर्ने एनसीसी चुनावी प्रकृयावाट वाहिर हुने छन् । 
 
तेस्रो अधिकांश देशका एनसीसीले डेलिगेटको सुचीलाई पुर्नसमिक्षा गर्न आवश्यक रहेको हुदां आफुहरुसगं परामर्श गरेर चुनावमा जान सुझाव दिएका थिए । यसलाई आईसीसीले वेवास्ता गरेको छ । 
 
एनसीसी एनआरएनएका मुख्य आधार स्तम्भ भएपनि जिम्मेवार पदाधिकारीले यसको अस्तित्वलाई अविकार्न सकेका छैनन् । एनसीसी नेतृत्वले यस पटक पटक गुनासो गरेपनि सुनुवाई नभएको  वताउंदै आएका छन् । यो समान्य विषय भएपनि यसलाई सम्वोधन गर्न आईसीसी नेतृत्व असक्षम देखिएको छ । 
 
चुनावको तालिका आए सगैं केही उम्मेदवारले प्रचार प्रसार शुरु गरेपनि केहीले मौन वसेका छन् । पहिले उम्मेदवारी दिने घोषणा गरेकाहरुले प्रचार प्रसार शुरु नगर्दा विगतमा जस्तै यसपटकको चुनाव तालिकाले पहिलेकै नियती भोग्ने संभावना देखिएको हो । 
 
यस अघि अदालतले एनआरएनएको चुनावलाई नरोक्न अन्तरिम आदेश जारी गरेको थियो । यो आदेशले चुनाव गर्न वाटो खुला गरेपछि वर्तमान नेतृत्वले चुनावी तालिका सार्वजनिक गरेको थियो । तर, यो चुनावको मिती विना सुचना रद्द भयो । एक पक्ष चुनाममा सहभागी नहुने वताए पछि चुनावको समय गुज्रेको थियो । 
 
एनआरएनए थुप्रै विवादमा फसेको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालय, आईसीसीका पुर्व अध्यक्षहरु, एनसीसीसंग समन्वय गरेर नजांदा सम्म विवादको निकास छैन । अहिलेकै अवस्थामा चुनाव हुदां एनआरनए भित्र अझै भद्रगोल अवस्था आउने अवस्था छ । 
 
अहिले बालुवाटारमा रहेको एनआरएनए कार्यालयनै विवादीत जग्गामा छ । सरकारले चाहेमा जुनसुकै वेला त्यहांवाट हटाईदिन सक्छ ।