मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशभर ७४७ सङ्क्रमित थपिए, आठ जनाको मृत्यु

देशभर ७४७ सङ्क्रमित थपिए, आठ जनाको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ७४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७३ हजार ५४१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३७ हजार ६७७ रहेको छ । पछिल्लो समय थप दुई हजार ३१९ सङ्क्रमणमुक्त भएका छन् । 
 
योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार ९०२ पुगेको छ । यो दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०० पुगेको छ भने पछिल्लो २४ घन्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय दुई लाख १६ हजार ११८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । 
 
हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७३९ रहेको छ । अहिले होम आइसोलेसनमा १९ हजार ९३० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८०९, आइसियूमा १७८ र भेन्टिलेटरमा ३४ जनाले उपचार गराइरहेका छन् । रासस

शेयर गर्नुहोस:

54
Shares