मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा बुधबार थप १८५१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

नेपालमा बुधबार थप १८५१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा बुधबार पछिल्लो २४ घन्टामा थप एक हजार ८५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो मंगलबारको तुलनामा १०६ जनाले कमी हो ।  
 
पछिल्लो २४ घन्टामा ७७७७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २८ हजार ३६९ पुगेको छ । नेपालमा निको हुने दर ९५.६६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ७० हजार ४६२ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ४० हजार भन्दा बढी सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।  
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८५२ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणबाट हुने मृत्युदर एक दशमलव २२ प्रतिशत रहेको छ । 

शेयर गर्नुहोस:

135
Shares