एनआरएनए भित्रको विवाद आईसीसी डेलिगेटको सूची पुर्नसमिक्षा गरेर चुनावमा जाने गरी समस्या समाधान गर्ने तर्फ अगाडी वढेको छ ।
यस अनुसार एनआरएनए पुर्व अध्यक्ष तथा प्रमुख संयोजक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समस्या समाधान कमिटीले वर्तमान र पुर्व कार्यसमितिका अध्यक्षलाई संयुक्त रुपमा हस्ताक्षर गरी डेलिगेटको सूची पठाउन लगाउने निर्णय गरेको छ ।
वर्तमान र पुर्व कार्यसमिति मध्ये कसले डेलिगेटको सूची पठाउने भन्ने मुख्य विवाद थियो । एनआरएनएको विद्यानमा यसवारेमा स्पष्ट थिएन ।
उक्त कमिटीले एनसीसीहरुसंग भचुर्यल माध्यमवाट छलफल पनि गर्ने तयारी गरेको छ । उक्त निर्णयको औपचारिक जानकारी भने आईसकेको छैन । पछिल्लो पटक तोकिएको समयमा चुनाव हुन्छ वा हुदैंन भन्नेमा पनि अझै अन्यौल भने छ ।
प्रमुख संयोजक, पुर्व र वर्तमान अध्यक्ष रहेको उक्त समितिको पाएको समय सिमा सकिदां पनि समस्या समाधान भईनसकेकाले चुनावका वारेमा अन्यौल यथावत रहेको हो ।
कमिटीको उक्त निर्णय भने औपचारिक रुपमा एनसीसीलाई पठाईए सकिएको छैन । केही एनसीसी अध्यक्षलाई यसको अनौपचारिक जानकारी दिईएको छे ।
पुर्व र वर्तमान कार्यसमितिका अध्यक्ष दुवै जनाले डेलिगेट सूचीमा हस्ताक्षर गरेनन् भने के गर्ने ? यो अवस्थामा उच्चस्तरीय समितिले दुवै जनासंग छलफल गरी टुंगो लगाउने पनि तय भएको छ ।
एनसीसीहरुले यो नै अहिलेको उपयुक्त विकल्प भएको वताएका छन् ।













प्रतिक्रिया