मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए चुनाव संकट

एनआरएनए चुनाव संकट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए आईसीसी अध्यक्षका प्रत्यासी डा बद्री केसीले ढिलो नगरी यसै महिना भित्र चुनाव गर्ने गरी निर्वाचन तालिकाका सार्वजनिक गर्न माग गरेका छन् । 
 
आइतवार आयोजित भचुर्यल पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिमा उपाध्यक्ष समेत रहेको केसीले प्रमुख संरक्षकको  शेष घलेको संयोजकत्वमा गठित पुर्व र वर्तमान अध्यक्ष सहितको उच्चस्तरीय समितिलाई प्रदान गरिएको समय सिमा पनि समाप्त भएको हुदां कार्यसमितिले अविलम्ब निर्वाचन तालिकका घोषणा गर्नु पर्ने दावी गरे । 
 
एनआरएनएमा डेलिगेटका वारेमा मतभेद छ । यसले गर्दा पटक पटक चुनाव तालिका सर्दै आएको छ । 
 
चुनावको विवाद अदालतसम्म पुगेको थियो । अदालतले चुनाव गर्ने वाटो खुला गरेपनि एनआरएनएले चुनाव गर्न सकेको छैन । 
 
पत्रकार सम्मेलनमा केसी पक्षका केही उम्मेदवारहरुले पनि आफ्नो धारणा राखेका थिए । एनआरएनएका महासचिव आईसीसी पदाधिकारीको पदावधि ६ महिना थप गरिएको यो समयमा पनि चुनाव नभए संस्था विघटन तिर जान सक्ने खतरा समेत रहेको वताएका थिए । 
 
एनआरएनए कार्यसमितिले यो महिनाको अन्तिममा चुनाव गर्ने घोषणा गरेको थियो । तर, यो घोषणा पनि अन्यौलमा परेको छ । डेलिगेट विवाद नसल्टिएकाले यो महिना भित्र चुनाव हुन्छ भन्नेमा अन्यौलता देखिएको हो । 
 
एनआरएनएका विभिन्न देशमा रहेका एनसीसीहरुले आफुसंग सल्लाह गरेर समस्या सल्टाउन अनुरोध गर्दै आएको छ । तर, वर्तमान कार्यसमितिका पदाधिकारीले यसलाई वेवास्ता गर्दै आएका छन् । 
 
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी केसी, र महासचिव तथा उपाध्यक्षका प्रत्यासी शर्माले केही एनसीसीले केही उम्मेदवारलाई वोकेर हिडेकाले समस्या समाधान हुन नसक्ने दावी गरेका थिए ।