मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार १३८६ नयाँ सङ्क्रमित, आठ हजारभन्दा बढी कोरोना सङ्क्रमणमुक्त

आइतबार १३८६ नयाँ सङ्क्रमित, आठ हजारभन्दा बढी कोरोना सङ्क्रमणमुक्त


काठमाडौँ । नेपालमा बितेका २४ घन्टामा आठ हजार ७०४ चारजना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नौ लाख नौ हजार ३४३ जना सङ्क्रमणमुक्त भएका छन् ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर नौ हजार २५१ नमूना परीक्षण गरिएको थियो । छ हजार ४४३ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आइतबारसम्म नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख ६८९ पुगेको छ । 
 
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ । 
 
हाल देशभर ४५ हजार २४८ सक्रिय सङ्क्रमित छन् भने ४३ हजार ९३२ सक्रिय सङ्क्रमित ‘होम आइसोलेसन’मा र एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये २६९ जनाको सघन उपचार कक्ष र ४६ जनाको ‘भेन्टिलेटर’मा उपचार भइरहेको छ । गत २४ घन्टामा ७९ हजार ९५९ जनाले खोप लगाएका छन् । 
 
उक्त मन्त्रालयका अनुसार आइतबार काठमाडौँ उपत्यकामा थप ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ४१०, ललितपुरका १२४ र भक्तपुरका ३२ जनामा  सङ्क्रमण पुष्टि भएको हो । रासस