मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनए एनसीसी जापानको निर्वाचनमा नेपाल प्रहरीले अनावश्यक रुपमा चासो देखायो

एनआरएनए एनसीसी जापानको निर्वाचनमा नेपाल प्रहरीले अनावश्यक रुपमा चासो देखायो


शेयर गर्नुहोस:

2.2k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो अपराध अनुसन्धान तथा अभियोजन शाखाले गैर आवासिय नेपाली संघ (एनआरएनए) मा अनावश्यक चासो देखाउंदै एनआरएनए एनसीसी जापानमा भएको निर्वाचन प्रकृयाको जानकारी माग गरेको छ । 
 
एनआरएनएका पदाधिकारीलाई पत्र पठाएर अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्षलाई पत्र पठाई यस्तो जानकारी माग गरेको हो । 
 
एउटा संस्था इन्फिकेयर प्रालि नागपोखरीका नामपनि संस्थाका नाममा पनि जानकारी दिन पत्र पठाईएको छ ।  एनआरएनए एनसीसी जापानको पछिल्लो निर्वाचनमा विद्युतिय कारोवार ऐन २०६३ अनुसार अपराध गरेको भन्ने निवेदन परेको आधारमा जवाफ मागिएको प्रहरी द्धारा प्रेषित पत्रमा उल्लेख छ । 
 
के कसरी भोटिगं भयो यसको सवै प्राविधिक विषयमा जवाफ दिन भनिएको छ । शाखामा कार्यरत प्रहरी नायव उपरीक्षक ईन्जिनियर दिपेश जोशीले पत्रमा हस्ताक्षर गरेका छन् । 
 
एनआरएनएमा व्यापक विवाद भईरहेको अवस्थामा प्रहरीले अनावश्यक चासो राखेको हो । विवादै विवादले एनआरएनए विघटन तिर गईरहेको छ । 
 
विदेशमा भएका कतिपय एनसीसी उक्त देशको कानुन अनुसार दर्ता भएका छन् । यो अवस्थामा नेपाली कानुन आकर्षित हुन्छ हुदैन, यो पत्रको जवाफ दिन आवश्यक छ छैन यसको अध्यक्ष भईरहेको एक पदाधिकारीले वताए । 
 
यो पत्रको कुनै अर्थ छैन सम्वद्ध अधिकारीले भने यो अर्थ र वर्थ हो । 
 
केही दिन अघि एनआरएनए आपैm सरकारको विरुद्ध अदालतमा मुद्दा दायर गर्न गएको थियो । यो मुद्दा अहिलेपनि अदालतमा विचाराधिन छ । 
 
आफैंले दायर गरेको मुद्दाका कारण एनआरएनए आफैं संकटमा पर्दै गएको छ  । परराष्ट्र मन्त्री डा नारायण खड्काले यो मुद्दा प्रति केही समय अघि अध्यक्ष कुमार पन्तलाई व्यंग्य समेत गरेका थिए । 

शेयर गर्नुहोस:

2.2k
Shares