मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निको भइसकेपछि पनि किन देखिन्छ पीसीआर रिपोर्ट पोजिटिभ ? के अरूलाई सर्छ ?

निको भइसकेपछि पनि किन देखिन्छ पीसीआर रिपोर्ट पोजिटिभ ? के अरूलाई सर्छ ?


काठमाडौं । कोभिड १९ को संक्रमण भएकाहरूमा लामो समयसम्म पीसीआर रिपोर्ट भने पोजिटिभ देखिने गरेका घटना धेरै छन् । पहिलो र दोस्रो लहरको संक्रमणमा धेरैमा देखिएको यो समस्या तेस्रो लहरमा आएर पनि प्रशस्तै देखिएको छ ।
 
शारीरिक रूपमा स्वास्थ भइसकेका र कुनैपनि लक्षण बाँकी नरहेपनि पीसीआर रिपोर्ट भने पोजिटिभ देखिनुले अरूलाई संक्रमण सर्छ भन्ने त्रास रहिरहन्छ । 
 
किन देखिन्छ निको भइसकेपछि पनि रिपोर्ट पोजिटिभ ?
कोभिड १९ को भाइरस सामान्यत: मानिसको शरीरमा १० दिनमा निष्क्रिय हुन्छ भन्ने यसअघिका अध्ययनहरूले देखाएका थिए । यही आधारमा सरकारले संक्रमितका लागि आइसोलेसन अवधि न्यूनतम १० दिन तोकेको थियो । यो अवधि तेस्रो लहरमा आएर ७ दिनमा झारिएको छ ।
 
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार शरीररमा भाइरस निष्क्रिय भइसके पनि कतिपय व्यक्तिको पीसीआर रिपोर्ट भने पोजिटिभ देखिनसक्छ । यसको कारण भाइरस निष्क्रिय भइसके पनि शरीरमा संक्रमण गराउने जिनका पार्टिकल्सहरू भने रहिरहन्छन् ।
 
यस्ता पर्टिकल्स कति समयसम्म देखिन्छन् भन्ने व्यक्तिको शरीरमा निर्भर गर्दछ । केही व्यक्तिमा स्वस्थ भएको एक महिनासम्म पनि पीसीआर रिपोर्ट भने पोजिटिभ देखिने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेश कुमार गुप्ता बताउँछन् । 
 
लक्षणमुक्त भएर रिपोर्ट पोजिटिभ आए अरूलाई सर्छ ?
पछिल्लो समय कोभिड १९ संक्रमित हुनेहरू तीनदेखि ७ दिनसम्ममा लक्षणमुक्त हुने गरेको प्रयोगशाला रिपोर्टहरूले देखाएका छन् । पीसीआर रिपोर्टमा देखाउने सीटी साइकल थ्रेसहोल्ड भ्यालूले मानिसको शरीरमा भाइरसको मात्रा कति छ भनेर देखाउँछ । जति कम सीटी भ्यालू त्यति नै बढी भाइरल लोड रहन्छ भने सीटी भ्यालू बढ्दै गएपछि भाइरल लोड कम हुँदै जाने देखिन्छ ।
 
संक्रमणको सुरुवाती अवस्थामा र निको हुने समयमा सीटी भ्यालु बढी देखिने गुप्ता बताउँछन् । यही आधारमा  २५ भन्दा बढी सीटी भ्यालू भए अरूमा संक्रमण सर्दैन भन्ने अनुसन्धानहरूले देखाएका थिए । तर संक्रमण सर्ने नसर्ने भन्ने आधार सीटी भ्यालु मात्रै नभएको गुप्ताको भनाइ छ ।
 
यदि व्यक्तिमा रिपोर्ट पोजिटिभ नै देखिएपनि लक्षणमुक्त भइसकेपछि भने अरूलाई सार्ने सम्भावना अत्यन्तै कम भएकाले डराउनुनपर्ने उनी बताउँछन् ।१२खरीबाट