नेपाल

बुधबार ३६३७ जनामा कोरोना पुष्टि, ७५५५ सङ्क्रमणमुक्त, १२ जनाको मृत्यु

बुधबार ३६३७ जनामा कोरोना पुष्टि, ७५५५ सङ्क्रमणमुक्त, १२ जनाको मृत्यु


काठमाडौँ । नेपालमा देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घन्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा सङ्क्रमित तीन हजार ६३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिए ।  
 
यस्तै, सङ्क्रमणमुक्त हुने सङ्ख्या सात हजार ५५५ पुगेको उनले बताए । हालसम्म आठ लाख ७८ हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ ।  
 
मन्त्रालयका प्रवक्ता डा मिश्राले सो अवधिमा सङ्क्रमणका कारण १२ जनाको निधन भएको जानकारी दिए । हालसम्म ११ हजार ७६४ जनाको सङ्क्रमणका कारणले निधन भएको छ । 
 
यस्तै, ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १६ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । 
 
यस्तै। २०० भन्दाबढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत रहेको छ ।
 
हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा एक हजार ४६६, सघन उपचार कक्षमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ । 
 
बुधबार करिब आठ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले  आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ । रासस