अमेरिका- एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नेपालमा जन्मिएका तर, काम व्यवसायका क्रममा विदेशी नागरिकता लिएकालाई नेपाल जांदा भिसा शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न नेपाल सरकारसंग लविगं गर्ने वताएका छन् ।
अमेरिका मात्र होइन यरोप अष्ट्रेलिया लगायत विश्वका अन्य देशमा वस्न नेपाली समुदायले पनि यस्तो व्यवस्या होस भन्ने चाहनुभएको छ, सुवेदीले भने यसका लागि अन्य एनसीसीसंग पनि समन्वय गरिने छ, यसको नेतृत्व एनसीसी अमेरिकाले लिने छ ।
एनआरएनए अमेरिकाको शनिवार आयोजित कार्यसमिति वैठकमा संस्थाका गतिविधिवारे जानकारी दिदैं अध्यक्ष सुवेदीले उक्त जानकारी दिएका हुन् ।
अमेरिकामा आवश्यकता बश हज्जारौंले अमेरिकाको नागरिकता लिएका छन् । नेपालमा जन्मेका तर, अमेरिकाको नागरिकता लिनेहरुको पासपोर्टमा जन्मस्थान नेपाल भनेर लेखिएको हुन्छ । यस्ता नेपाली नेपाल जांदा पर्यटक सरह तोकिएको शुल्क तिरेर भिसा लिनु पर्छ । यो पैसा भन्दा पनि वढी झन्झटिलो हुने गरेको छ ।
केही महिना अघि एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेल अध्यक्ष सुवेदी लगायतले गृहमन्त्री बालकृष्ण खाणसंग यो समस्याका वारेमा कुरा राखेको थियो । गृहमन्त्री खाणले सकरात्मक जवाफ दिएका थिए । तर, यसवारेमा कुनै प्रकृया अगाडी वढेको छैन ।
सुवेदीले ६ महिना अघि एनआरएनए अमेरिकाको अध्यक्षको उम्मेदवार हुदां नेपालमा आमालाई ढोग्न जांदा भिसा लिनुपर्ने अवस्थालाई हटाउनु पर्ने वताएका थिए ,
आवश्यकतावश विदेशी नागरिकता लिएकालाई नेपाल जांदा भिसा शुल्क नलिंदा देशसंगको आत्मीयता अझ वढ्छ सुवेदीले भने अरु देशले पनि यस्तो अभ्यास गरेका छन् । यसविषयमा गृह र परराष्ट्र मन्त्रीलाई जानकारी गराएका छौं ।
सुवेदीले नेपाल अमेरिका दोहोरो कर हटाउन पनि एनआरएनए अमेरिकाले पहल गर्ने वताए । यसका लागि एनआरएनए अमेरिकाले कमिटी वनाएर काम अगाडी वढाउने उनले जानकारी दिए ।
प्रतिक्रिया