मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार छ हजारभन्दा बढीमा सङ्क्रमण, दस जनाको निधन

शुक्रबार छ हजारभन्दा बढीमा सङ्क्रमण, दस जनाको निधन


काठमाडौँ । नेपालमा शुक्रबार छ हजार ८२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनमा १९  हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार ९४१ पुगेको छ ।
  
यसैगरी शुक्रबार एकैदिन पाँच हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख ४२ हजार ३३६ पुगेको छ । यो दर ८९।२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 
विगत २४ घन्टामा १० जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६९७ को सङ्क्रमणका कारणले निधन भएको छ ।
 
यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला २० पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासीपूर्व, तनँहु, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् ।
 
ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् । हाल होम आइसोलेसनमा ८८ हजार ०८४, संस्थागत आइसोलेसनमा एक हजार ८५७, आइसियूमा २५६ र भेन्टिलेटरमा ४५ को उपचार हुँदैछ । 
 
विगत २४ घन्टामा शुक्रबार एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज दुई लाख ९९ हजार नौ मात्रा लगाइएको छन् ।  रासस