नेपाल

कोरोना भाइरसका कारण आइतबार चार जनाको मृत्यु

प्रकाशित |
काठमाडौँ । बितेका २४ घन्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।
 
मन्त्रालयले आइतबार गरेको नियमित ‘प्रेस ब्रिफिङ’ सहायक प्रवक्ता डा समीर अधिकारीले २४ घन्टामा एक हजार ४१६ जना सङ्क्रमणमुक्त भएका तथा चारजनाको आइतबार मृत्यु भएको बताए । हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन् ।
 
यसैबीच, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएका बताउँदै यही माघ १० देखि १६ गतेसम्म खोप अभियान स्थगन भएको जनाएको छ । रासस  
 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया