मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार २० हजारको परीक्षण गर्दा १० हजार बढी सङ्क्रमित, १६ जनाको निधन

शनिबार २० हजारको परीक्षण गर्दा १० हजार बढी सङ्क्रमित, १६ जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार २५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ ।
 
पछिल्लो समय थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २० हजार २८३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 
यस्तै, विगत २४ घन्टामा शनिबार एकैदिन १६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६५१ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको छ । 
 
यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । 
 
यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत रहेको छ ।
 
हाल होम आइसोलेसनमा ७१  हजार २६१, संस्थागत आइसोलेसनमा एक हजार ६०१, आइसियूमा २१० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ । विगत २४ घन्टामा शनिबार एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् ।
 
अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ । रासस