अमेरिका- गैर आवासिय नेपाली संघ (एनआरएनए) विवाद मिल्न सक्छ ? एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी भन्छन् यो विवाद सुल्झिने तर्फ गएको छ ।
केही दिन अघि एनआरएनए आईसीसी बैठकले विवाद समाधानका लागि पुर्वअध्यक्ष शेष घलेलाई संयोजक वनाएर एउटा सिमिति वनाएको थियो । अध्यक्ष कुमार पन्तले यो समितिलाई औपचारिक रुपमा विवाद समाधानका लागि बैठकको निर्णय पठाईसकेका छन् ।
एनआरएनएका महासचिव हेमराज शर्मा लगायत केही पदाधिकारीले समितिलाई दिएको अधिकारको वारेमा विरोधाभासपुर्ण टिप्पणी सार्वजनिक गरेका थिए । उक्त समितिको कुनै अर्थनै छैन जस्तो गरी प्रचार गरिएको थियो ।
यस पछि अध्यक्ष कुमार पन्तले सवै एनसीसीलाई उक्त बैठकको निर्णय र शेष घले समितिलाई दिएको जिम्मेवारीको निर्णयको आधिकारिक जानकारी घले र एनसीसीलाई पठाएका छन् । अहिलेसम्म महासचिव मार्फत बैठकको निर्णय प्राप्त हुनेगरेको थियो अहिले ८१ औं बैठकको निर्णय भने अध्यक्ष मार्फत प्राप्त भएको एनसीसी अध्यक्षहरु ले वताएका छन् । महासचिव शर्मालाई विवाद बल्झाउन खोजेको आरोप लागेको छ । एनआरएनएले सरकार विरुद्ध हालेको मुद्दा अझै अदालतमा विचाराधिन छ ।
यो अवस्थामा कसरी विवाद मिल्छ ? एनआरएनए अमेरिका अध्यक्ष सुवेदी भन्छन् प्रमुख संरक्षकले भरचुर्यल मार्फत एनसीसी विश्व भेला आयोजना गरी त्यसको सुझाव अनुसार अगाडी वढ्न खोज्नु भएको छ । हाम्रो सुझावमा यस्तो संकेत दिनु भएको छ ।
एनसीसी एनआरएनएका आधार स्तम्भ हुन जग हुन उनीहरुको सुझाव अनुसार जांदा समस्या समाधान नहुने भन्ने छैन, हुदैंन सुवेदीले भने ।
यो उच्चस्तरीय समितिले माग गरेमा एनआरएनएको विद्यान अनुसार चुनावमा भाग लिन पाउने डेलिगेटको नयां सुची समयमै दिन सक्छौं सुवेदीले ।
अध्यक्ष सुवेदीका अनुसार यत्रो महिना गईसकेकाले पुरानो डेलिगेटको सुचीमा केही फेरबदल हुनु स्वभाविक हो र एनसीसीसंग विवाद सल्टाउन गठन भएको उच्चस्तरीय समितिले विद्यान अनुसार नयां डेलिगेटको सुची मागेर जांदा विवाद पनि सल्टिन्छ ।
चुनावमा कसले जित्छ को उपविजेता बन्छ त्यो ठुलो कुरा होइन फेयर चुनाव हुनुपर्यो जसले जितेपनि केही फरक पर्दैन सुवेदीले भने फेयर चुनावको नतिजालाई सवैले स्विकार्नु पर्छ ।
सुवेदीको संयोजकत्वमा दुई पटक एनसीसी विश्व भेला भएको थियो । एनसीसीको पनि सहमती लिएर जांदा सरकार परराष्ट्र मन्त्रालयको चासो पनि सम्वोधन हुने सुवेदीले वताए ।
एनसीसीमा के भईरहेको छ भनेर बुझ्दा, सल्लाह गर्दा के फरक पर्छ सुवेदीले भने एनसीसीको कुरा सुन्दा विवाद सल्टाउनै सहयोग पुग्छ ।
अहिले आउने महिनाको अन्तिम साता चुनाव गर्ने दिन तोकिएको छ । तर, जुन प्रकारले समाधान समाधाना लागि प्रकृया अघि वढेको यसले उक्त मितिमा पनि चुनाव नहुने देखिन्छ । विवाद समाधान भएपनि चुनाव भने फेरी सर्न सक्ने देखिएको छ ।
अमेरिका - नेपालमा विदेशी मुद्राको अभाव टार्न विदेशमा वस्ने नेपालीका लागि अमेरिकी डलरमा खाता खोल्न अभिपे्ररित गर्ने उद्देशयले विभिन्न प्रभावधान ल्याईपनि यो असफल भएको छ ।
विदेशमा वस्ने नेपालीले नेपा ...
अमेरिका - गैर आवासीय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका)ले आईसीसीलाई वुझाउन बांकी रकम भुक्तानी गरेको छ ।
आईसीसीले एनआरएनए अमेरिकावाट १ करोड १७ लाख ३४ हजार ४८८ रुपैंया पाएको बताउंदै धन्यवा ...
अमेरिका- विदेशमा बस्ने नेपालीको पक्षमा काम गर्न भनेर गठन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को औचित्य समाप्त भएको हो ?
सामाजिक संजाल र अनौपचारिक रुपमा आएका प्रतिकृयाका आधारमा भन्ने हो भने एनआरएन ...
प्रतिक्रिया