मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार ३५५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिहीबार ३५५३ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० पुगेको छ ।  
 
पछिल्लो समय थप २७१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १५ हजार ३४७ पुगेको छ । निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
विगत २४ घन्टामा एक जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६१० जनाको निधन भएको छ । ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
 
शून्य सङ्क्रमित भएका जिल्लामा मुगु मात्र छ । नेपालमा सङ्क्रमण दर १६.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा १३  हजार ५०३, संस्थागत आइसोलेशनमा ८३७ आइसियूमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार हुँदैछ । 
 
यसैबीच, विगत २४ घन्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन् । रासस