मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा बढ्यो कोरोना सङ्क्रमण, मंगलबार थपिए २४४४ सङ्क्रमित

नेपालमा बढ्यो कोरोना सङ्क्रमण, मंगलबार थपिए २४४४ सङ्क्रमित


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप दुई हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १५ हजार ३३ को नमुना परीक्षण गरिएको थियो । १० हजार ६४८ ले पिसिआर र चार हजार ३८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
गत २४ घन्टामा ३१३ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ७९८ पुगेको छ । नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३५ हजार ९२७ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ९६७ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ४८ हजार २३७ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६५ हजार २२८ पुगेको छ । 
 
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घन्टामा एक लाख ८० हजार ४५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२२ रहेको छ ।  पछिल्लो २४ घन्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०७ पुगेको छ । 
 
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियुमा ९३ जना रहेका छन् । होम आइसोलेसनमा आठ हजार ८६७, संस्थागत आइसोलेसनमा ६५५ र क्वारेन्टिनमा ११३ रहेका छन् । 
 
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मुस्ताङ र मुगु रहेका छन् । 
 
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार ५२१, ललितपुर एक हजार ९० र भक्तपुरमा ६९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । रासस