मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा सोमबार थप १४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा सोमबार थप १४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो । 
 
आठ हजार ९६५ जनाको पिसिआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २५५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४८५ पुगेको छ । निको हुनेदर ९७ दशमलव सात प्रतिशत छ ।  
 
नेपालमा पिसिआर विधिबाट परीक्षण गर्दा आठ लाख ३३ हजार ९४६ र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ५०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ३७ हजार ५८९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६० हजार ८४३ पुगेको छ ।  
 
कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घन्टामा दुई लाख १० हजार ५९४ छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८५५ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
 
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा १६, आइसियूमा ६७, होम आइसोलेसनमा सात हजार २४५, संस्थागत आइसोलेसनमा ६१० र क्वारेन्टिनमा ११३ सङ्क्रमित  छन् । 
 
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । सङ्क्रमित नरहेका जिल्लामा मुस्ताङ र र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ६५५, ललितपुरमा नौ सय र भक्तपुरमा ६३३ सक्रिय कोरोना सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । रासस
 

शेयर गर्नुहोस:

81
Shares