मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताको साथ र सहयोगले आफ्नो अडानमा कायम छु : सभामुख सापकोटा

जनताको साथ र सहयोगले आफ्नो अडानमा कायम छु : सभामुख सापकोटा


काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताएका छन् । 
 
गृह जिल्ला सिन्धुपाल्चोकको दुईदिने बसाइँका क्रममा आइतबार लिसङखुपाखर गाउँपालिका–ं३ स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३औँ जन्मोत्सव तथा भूतपूर्व विद्यार्थी मिलन कार्यक्रममा सभामुख सापकोटाले जनताको साथ र सहयोगमा आफैँले कल्पना नगरेको अडान लिइरहेको बताए । 
 
शनिबार बेलुका जिल्लाको ठूलो पाखरमा स्थानीयवासीको घरमा बसेर कार्यक्रमस्थल पुग्नुभएका सभामुख सापकोटाले भने, “यो देशमा सबै असल हुँ भन्ठान्छन्, सबैले राम्रो काम गर्छु भन्ठान्छनु, राम्रो काम गर्छु भनेर इच्छा गरेर मात्रै हुँदैन, त्यसका लागि असाधारण खालको दृढता चाहिन्छ, फासीमा लड्किन तयार पनि हुन सक्नुपर्छ र सबै कुरा त्याग्नुपर्छ । 
 
उनले भने, “मलाई नेपाली जनताको साथ प्राप्त छ, म नेपाली जनताप्रति ऋणी छु, नेपाली जनताप्रति म श्रद्धाले शिर झुकाउँछु ।” उनले भने, “म तपाईहरूका अगाडि उभिएर प्रतिज्ञा गर्छु कि जिन्दगीको अन्तिम घडीसम्म म जहाँ रहन्छु, जुन पदमा रहुँ वा नरहुँ, नेपाली जनताका लागि लडिरहने छु, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने अग्नि सापकोटाले यस्तो ग¥यो भनेर शिर निहु¥याउनुपर्ने छैन ।” 
 
सभामुख सापकोटाले विसं २०६२ चैत १४ गते जिल्लाकै ठोकर्पामा हात, पेट र तिघ्रामा एकैचोटी एम १६ का तीन गोली लागेर पनि आफू बाँचेको स्मरण गर्दै उनले भने, “म बाँचेको छु किन भने जनताका लागि बाँचेको छु, देशका लागि बाँचेको छु ।” 
 
आवश्यक पर्दा सबैसँग कठोर भन्दा कठोर सङ्घर्ष गर्दै आएको बताउँदै उनले आफ्नो मूल्य, मान्यता, आदर्श, देशभक्ति र सदाचारमा कुनै सम्झौता नगर्ने दोहो¥याए । भारतका देशभक्त सहिद भगतसिंहकोे स्मरण गर्दै उनले आफू जिन्दगीको अन्तिम घडीसम्म उभिइरहन चाहेको बताए । 
 
सभामुख सापकोटाले भने, “हेरौँ म आफूलाई कति तयार पार्न सक्छु ।” आफू विसं २०७६ माघ १३ गते सभामुख भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा बढी ध्यान दिनु परेकाले जनतासँगको भेट पातलो भएको जानकारी दिँदै उनले भने, “आज जे छु तपाईंहरूले गर्दा छु । मुख्य त म तपाईंहरूले भोट दिएर सभामुख भएको हो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख बनाउने निर्णय गरेको थियो, तर मलाई सभामुख बनाउने कुराको सुरुआत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ का मतदाताले गर्नु भएको हो । त्यहीँ भएर मैले यो राष्ट्रको सेवा गर्न पाएँ । सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।” 
 
अरु देशमा एउटा सांसद् सभामुख भएपछि सो स्थानमा अर्को प्रतिनिधि तोकिने व्यवस्था रहेको बताउँदै उनले नेपालमा त्यो व्यवस्था नभएका कारण जनतासँगको भेट पातलो भएको बताए । रासस