मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा आइतबार ११६७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

नेपालमा आइतबार ११६७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमुना परीक्षण गरिएको थियो । आठ हजार ८४८ जनाले पिसिआर र तीन हजार ७८४ जनाले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  
 
गत २४ घन्टामा २२४ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार २३० पुगेको छ । नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३२ हजार ५८९ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ४१५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । 
 
पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख २८ हजार ६२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५८ हजार ३७९ पुगेको छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ४५ हजार ४९३ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७५५ रहेको छ । 
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०४ पुगेको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १६ र आइसियूमा ७७ जना रहेका छन् । होम आइसोलेसनमा छ हजार १२७, संस्थागत आइसोलेसनमा ६२८ र क्वारेन्टिनमा ११३ रहेका छन् । 
 
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरुमा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरुमा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ र र मुगु रहेका छन् । 
 
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ९०, ललितपुर ८०३ र भक्तपुरमा ५८८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । रासस