मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार थप ९६८ मा कोरोना सङ्क्रमण पुष्टि

शुक्रबार थप ९६८ मा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहीबारभन्दा झण्डै दोब्बर हो । बिहीबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । 
 
पछिल्लो २४ घन्टामा १४ हजार ९७१ जनाको नमुना परीक्षण गरिएको थियो । आठ हजार २७२ जनाले पिसिआर र छ हजार ६९९ले एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  
 
गत २४ घन्टामा २६२ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ७०९ पुगेको छ । निको हुनेदर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा हालसम्म आठ लाख ३१ हजार ५२ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ८४१ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख १० हजार १४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५१ हजार ९३ पुगेको छ । कुलमा सङक्रमण दर १६ दशमलव नौ प्रतिशत छ । 
 
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घन्टामा दुई लाख ६३ हजार ३७१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७४१ रहेको छ । 
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । 
 
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १५ र आइसियूमा ८१ जना रहेका छन् । होम आइसोलेसनमा पाँच हजार २८६, संस्थागत आइसोलेसनमा ४५५ र क्वारेन्टिनमा ११३ रहेका छन् । 
 
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । 
 
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४५४, ललितपुर ६६४ र भक्तपुरमा ५६२ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । रासस