काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राका अनुसार पुस महिनामा संकलित जम्मा एक हजार १४६ पोजिटिभ नमुनाहरुको एस–जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२ प्रतिशत) एस–जिन नेगेटिभ पत्ता लागेको छ ।
एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा भेरिएन्ट पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।
ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताइन् । 

प्रतिक्रिया