मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाल्पामा बस दुर्घटना : सात जनाको मृत्यु, १६ घाइते

पाल्पामा बस दुर्घटना : सात जनाको मृत्यु, १६ घाइते


पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
 
बुटबलदेखि रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए । घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका थिए । 
 
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन । सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् । 
 
मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शङ्कर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् । 
 
त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको  जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ । 
 
बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खस्दा दुर्घटना भएको हो । बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएकोे बस दुर्घटना भएको थियो । 
 
दुर्घटनाबाट परी १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । 
 
ओरालो घुम्तीमा बस दुर्घटना भएको छ । चिप्लो सडकमा ओभर स्पिडले गर्दा दुर्घटना भएको प्रहरीको ठम्याइ छ । घाइतेलाई स्थानीय वासिन्दा र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो । बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो । रासस