मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार २१६ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

आइतबार २१६ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा सात हजार ६३१ जनाको नमुना परीक्षण गरिएको थियो । 
 
गत २४ घन्टामा २०९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ४१९ पुगेको छ ।  सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख ८७ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ७० हजार ३२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ६१९ पुगेको छ । कुलमा सङ्क्रमण दर १७ प्रतिशत छ । 
 
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घन्टामा एक लाख ३३ हजार ८१२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९७१ छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । 
 
यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८१ दशमलव सात रहेको छ । 
 
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियूमा ८३ जना रहेका छन् । होम आइसोलेसनमा चार हजार ७४७, संस्थागत आइसोलेसनमा २२४ रहेको छ । 
 
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । 
 
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार चार, ललितपुर ५८९ र भक्तपुरमा ४९७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । रासस