मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार थपिए २३५ सङ्क्रमित, चार जनाको निधन

शुक्रबार थपिए २३५ सङ्क्रमित, चार जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको वुलेटिनमा नौ हजार ८४ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
हालसम्म नेपालमा चार हजार ८७९ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो समय थप २१२ जना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार ९५८ पुगेको छ । 
 
यस्तै पछिल्लो पटक सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९४ जनाको मृत्यु भइसकेको छ । 
 
पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लाहरूमा सुनसरी, कास्की, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ ।
 
हाल होम आइसोलेसनमा चार  हजार ६५१, संस्थागत आइसोलेसनमा २२८, आइसियूमा ८९ र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३९ हजार  १५२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रासस