मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थप २६४ जनामा कोरोना पुष्टि, दुई जनाको निधन

मंगलबार थप २६४ जनामा कोरोना पुष्टि, दुई जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार ५६६ जनाको पिसिआर परीक्षण गरिएको थियो । 
 
योसँगै नेपालमा पिसिआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख २७ हजार ७६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १७४ पुगेको छ । पछिल्लो समय थप २६० जना कोरोनाबाट निको भएका छन् । 
 
योसँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख ११ हजार २६५ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । 
 
त्यसैगरी, पछिल्लो समय दुई लाख ८३ हजार २६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९१० छ । रासस