मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण औपचारिकरुपमा हस्तान्तरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण औपचारिकरुपमा हस्तान्तरण


काठमाडौँ । नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बिहीबार औपचारिकरुपमा हस्तान्तरण गरिएको छ । 
 
प्राधिकरणका कार्यभार, काम, संरचना र पुँजीगत विवरण शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्दै प्राधिकरण बिहीबारदेखि बहिर्गमन भएको हो । बहिर्गमन हुनुअघि प्राधिकरणले धरहरा, सिंहदरबार, रानीपोखरी, शान्तिबाटिका, हरिहर भवन तथा नारायणी सङ्ग्रहालयअन्तर्गतको रणेद्धिप दरबारसम्बन्धी कार्य तथा केन्द्रीय आयोजना कार्यान्यवन भवन भवन, नीति, आवास अनुदान व्यवस्थापनसँग सम्बन्धित कागजात र वेरुजु शहरी विकास तथा भवन निर्माण विभागमा हस्तान्तरण गरेको थियो । 
 
गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई उक्त फाइल हस्तान्तरण गरे ।
 
प्राधिकरणले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि बाँकी रहेका काम, कानुनी तथा नीतिगत व्यवस्था, पुनरावेदन समितिबाट प्राप्त हुने फैसला र आदेशको कार्यान्वयन तथा समन्वय सहजीकरण तथा अनुगमनसम्बन्धी कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । 
 
यस्तै, विश्व बैंकसँग सम्बन्धित प्राविधिक सहयोग सोध भर्ना, परियोजना एकाउण्ट र प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायबाट सम्पादन भइरहेका पुनर्निर्माण तथा पुनस्थापनका कार्य, प्राधिकरणअन्तर्गत चालु र पुँजीगत खर्चका आव २०७८÷७९ को एकीकृत आर्थिक विवरण तयार पार्ने, लेखा परीक्षण तथा बेरुजु फस्र्यौटसम्बन्धी कार्य पनि विपद् व्यवस्थापन प्राधिकरणलाई नै हस्तान्तरण गरिएको छ । 
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विपद् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई फाइल हस्तान्तरण गरी औपचारिकरुपमा प्राधिकरणका कार्यभार सुम्पिएका थिए । 
 
विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पपछि त्यसको पुनर्निर्माण र पुनःस्थापनका लागि प्राधिकरण स्थापना भएको थियो । पाँच वर्षको कार्यावधि रहे पनि जिम्मेवारी पूरा नभएकाले नेपाल सरकारले एक वर्षको समयावधि थपेको थियो । उक्त थपिएको समय यही पुस १० गते ६ वर्ष पूरा हुँदैछ । पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख ज्ञवालीले चुनौतीपूर्ण समयमा सरकारले विश्वास गरेर दिएको जिम्मेवारी आमनेपाली जनसमुदायको सहयोगमा सम्पन्न गर्न सफल भएको दाबी गरे । 
 
“पुनर्निर्माण काम सम्पन्न ग¥यौँ भनेर अन्तर्राष्ट्रिय समुदायका बीच छलफल ग¥यौँ, सिकेको अनुभवबाट अबको बाटो के हुनसक्छ भनेर संस्लेषण ग¥यौँ”, उनले भने । बुधबार मात्रै निर्देशक समितिको बीचमा छलफल गरेर नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालिएको उनले जानकारी दिए ।  
 
यो अनुभव र जगमा उभिएर आगामी सन् २०३० सम्ममा विपद् उत्थानशील मुलुकको रुपमा किकास गरेर जानुपर्छ भन्ने सोच अघि बढेको उनले बताए । उनले दिगो विकासका लागि सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित गर्नेपर्ने आधार यो पुनर्निर्माणको कामले निष्कर्ष निकालेको पनि बताए । 
 
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले पुनर्निर्माण प्राधिकरणको अभिभारा विपद् प्राधिकरणमा आएको र ६ वर्षको अनुभवबाट भूकम्प, बाढीपहिरो, आगलागी जस्ता विपद्जन्य घटनाबाट मुलुकलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेमा नै ध्यान केन्द्रित हुने बताए । यसअघि पुनर्निर्माण प्राधिकरणले गएको असोज १ गते पनि कतिपय कार्यभार तत्तत् निकायलाई हस्तान्तरण गरिसकेको थियो । 
 
प्राधिकरणका अनुसार हालसम्म निजी आवासमा ९२ प्रतिशत, पुरातात्विक क्षेत्रमा ८५ प्रतिशत, सरकारी भवन ९२ प्रतिशत सम्पन्न भएको छ । शैक्षिक भवन ८५, स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको छ । सुरक्षा निकायका भवन शतप्रतिशत सम्पन्न गरिएको छ ।
 
पुनर्निर्माणमा महत्त्वपूर्ण कार्य सम्पादन : गृहमन्त्री 
 
गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पबाट क्षति भएका संरचना पुनःनिमाणमा महत्त्वपूर्ण कार्य सम्पादन गरेको बताएका छन् । सिंहदरबारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण हस्तान्तरण तथा बर्हिगमन समारोहमा मन्त्री खाँणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञसमेत अनुसन्धान गर्न योग्य काम गरेको बताए । 
 
उनले भुकम्पले क्षति पु¥याएका भौतिक संरचना पुरातात्विक महत्वका संरचनाको निर्माण ज्यादै जटिल र चुनौतिपूर्ण भए पनि प्राधिकरणले मन लगाएर पूरा गरेकोमा प्रशंशा गर्दै धन्यवाद दिए । उनले भने, “पुनःनिर्माणको तथ्याङ्क र कार्य विश्वभरका अनुसन्धानकर्तालाई अनुसन्धान गर्न काम लाग्ने खालको छ ।” 
 
उनले मन्त्रालय मातहतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अब पुनःनिर्माण प्राधिकरणले गरेका कामको प्राविधिक र प्रशासनिक काम र सुरु भएर सम्पन्न हुन नसकेका कार्यको पनि परामर्श गरेर टुङ्ग्याउने बताए ।  
 
पुनर्निर्माणको अहिलेसम्मको सेवा र दक्षतालाई उपयोग गरेर प्राधिकरण अघि बढ्ने उनको भनाइ थियो । “पुनःनिर्माणको अहिलेसम्मको सेवा र दक्षतालाई उपयोग गरेर सदुपयोग गर्दै कसरी अगाडि बढ्ने भन्ने जिम्मेवारी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको काँधमा आएको छ”, गृहमन्त्री खाँणले भने, “प्राविधिक र प्रशासनिक काम मात्रै होइन, सुरु भएका राम्रा कामलाई पनि निरन्तरता दिनुहोला ।” रास

शेयर गर्नुहोस:

162
Shares